बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराका कालिकोटमा भेटिएका संक्रमित कहाँ बाट आएका थिए हेर्नुहोस

बाजुराका कालिकोटमा भेटिएका संक्रमित कहाँ बाट आएका थिए हेर्नुहोस

  • आइतवार, जेष्ठ १८, २०७७
बाजुराका कालिकोटमा भेटिएका संक्रमित कहाँ बाट आएका थिए हेर्नुहोस

प्रकाश सिंह– बाजुराको जगन्नथा गाँउपालिकाका ५ गोत्रिका ४० बर्षिय पुरुषको कालिकोटको क्वारेनटाइनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको कोरोना पुष्टि सँगै बाजुराको पहिलो कोरोना संक्रमित रहेका छन् । उनको शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर परीक्षणमा भेटिएकोे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मगल रावलले वताएका छन् ।
उनि कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ६ सत्यदेबी माबि क्वारेनटाइनमा बसेका थिए । उनि त्यहाँ बसेको १० दिन भएको छ । जेठ ९ गते क्वारेनटाइन भएको ठाँउमा पुगेका उनि कालिकोटमा उनका नातेदार भएकाले त्यतै बसेको संक्रमित ति पुरुषले बडिमालिका खबरलाई बताएका छन् । भारत बाट आएका ति पुरुष भारतको रुपडियमा ३ दिन क्वारेनटाइन बसेका थिए । रुपडियामा नाका खुलेपछि आएर जेठ ९ गते कालिकोट पुगेको उनले टेलिफोनमा बडिमालिका खबरलाइ बताएका छन् ।
कालिकोटको उक्क्त क्वारेनटाइनमा उनि लगायत क्वारेनटाइनमा १ सय ३७ जना रहेका छन् । उक्क्त क्वारेनटाइनमा बसेका १८ जना संक्रमित भेटिएपछि अलगै राखिएको छ, जुम्ला लिनेकि कि कता लिने भन्ने भइरहेको कालिकोट प्रशासनले वताएका छन् । क्वारेनटाइनमा धेरै रहेका छौ एउटा टवाइलेट एउटै धारा रहेको छ, बस्न पनि निकै अब्यबस्थित रहेको क्वारेनटाइनमा बसेका मन बहादुर हमालले वताएका छन् ।
बाजुराका ति संक्रमित फागुनको १० गते कालिकोटका ३ सहित ४ जना भारत गएका थिए । भारतमा घुमुवा ब्यपार गर्ने गरेका थियौ, लुगा कपडा टोल टोलमा लिएर बिक्रि गर्ने गरेका थियौ, पछि बिरामी भएर लखनउमा उपचार गरेको संक्रमितले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार