शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सरकारले भारतबाट फर्किने नेपालीका लागि २० नाका तोक्यो

सरकारले भारतबाट फर्किने नेपालीका लागि २० नाका तोक्यो

  • शनिबार, जेष्ठ १७, २०७७
सरकारले भारतबाट फर्किने नेपालीका लागि २० नाका तोक्यो

काठमाडौँ — सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ ।कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए ।

उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकिएका छन् ।

सरकारले भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार