बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • कैलालीको त्रिनगर नाकाबाट आज ४५६४ नेपाली भित्रिए, ११ दिनमा २९ हजारको उद्धार

कैलालीको त्रिनगर नाकाबाट आज ४५६४ नेपाली भित्रिए, ११ दिनमा २९ हजारको उद्धार

  • बिहिबार, जेष्ठ १५, २०७७
कैलालीको त्रिनगर नाकाबाट आज ४५६४ नेपाली भित्रिए, ११ दिनमा २९ हजारको उद्धार

धनगढी : कैलालीको त्रिनगर नाकाबाट आजपनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ। स्थानी प्रशासनको समन्वयमा आज पनि उद्धार गरिएको हो। सीमा क्षेत्रमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षका अनुसार आज मात्रै चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ।

आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको स्वास्थ्य सहायता कक्षका ईन्चार्ज दिनेश ठकुल्लाले बताए। उनका अनुसार आज उद्धार गरिएका मध्ये एक हजार एक सय २७ जना कैलालीका मात्रै छन्। आज ४५ सय बढिको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठ महिनाका ११ दिनको अवधीमा झण्डै २९ हजारको उद्दार गरिएको छ।

बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७, १३ गते ५ हजार दुई सय ४२ जना, १४ चार हजार सात सय ९४ र आज चार हजार पाँच सय ६४ जनाको उद्धार गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीर्को यापिड  टेस्ट गरिएको थियो। उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। तर ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो।

८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि र्‍यापिड टेस्ट समेत गरिएको छैन्।

भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ। तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार