बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरमा ठगी गर्ने ३५ ब्यापारीलाई कैद तोकियो, १३ जनालाई जरिवाना

कञ्चनपुरमा ठगी गर्ने ३५ ब्यापारीलाई कैद तोकियो, १३ जनालाई जरिवाना

  • बुधबार, जेष्ठ १४, २०७७
कञ्चनपुरमा ठगी गर्ने ३५ ब्यापारीलाई कैद तोकियो, १३ जनालाई जरिवाना

धनगढी : जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ४८ जना ब्यापारीलाई कारबाही गरेको छ। लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेको भन्दै ४८ जना व्यापारीलाई कारवाही गरिएको हो।

प्रशासनले संक्रमण ऐन अनुसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ। समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तिरेका छन्।

१७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ भने अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

उनका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार