शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एकै दिन भारतबाट २ सय १४ जनाले प्रबेश गरे

बाजुरामा एकै दिन भारतबाट २ सय १४ जनाले प्रबेश गरे

  • आइतवार, जेष्ठ ११, २०७७
बाजुरामा एकै दिन भारतबाट २ सय १४ जनाले प्रबेश गरे

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा लकडाउनको समयम पनी आउने क्रम रोकीएको छैन बाजुरामा एकै दिन आज मात्र २ सय १४ जना मान्छे भारतबाट आएका छन् ।
लकडाउनको ६२ औँं दिनपछि बाजुरामा २ सय १४ जना भारतबाट पुगेका हुन काम गर्दै आएका बाजुराका नागरिकको आउने क्रम बढिरहेको छ । भारतबाट आउनेहरुसंगै जिल्लामा संक्रमणको जोखीम पनी बढिरहेको छ । आज मात्र २ सय १४ जना मजदुर बाजुरा भित्रिएका छन् र अझै बाटो आउदै गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन् ।


आज बाजुरामा आएका मध्य सबै भन्दा बढि बुढिगंगा नगरपालिकाका नागरिक रहेका छन । सो गाउँपालिकाका आज मात्रै ८५ जना नागरिक रहेका छन् । त्यसै गरी त्रिबेणी नगरपालिकाकाका ४५ जना बडिमालिकाका ४९ जना, गौमुल गाउँपालिकाका २६ जना रहेका छन त्यसै गरी बुढिनन्दाका १ र खप्तड छेडेदह गाउँपालिकाका ७ जना गरि २ सय १४ जना बाजुरा पुगेका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भारतबाट आउएकाहरु एकै पटक बाजुरा पुगेका स्थानीय तहको जिम्मा लगाएको प्रहरीले जनाएको छ । हिजो मात्र बाजुरामा भारतबाट ४३ जना भित्रिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार