शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डडेल्धुरामा सरकारी कर्मचारीमा संक्रमण देखिएपछि चार कार्यालय सिल

डडेल्धुरामा सरकारी कर्मचारीमा संक्रमण देखिएपछि चार कार्यालय सिल

  • आइतवार, जेष्ठ ११, २०७७
डडेल्धुरामा सरकारी कर्मचारीमा संक्रमण देखिएपछि चार कार्यालय सिल

डडेल्धुरा — डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ। शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो। डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो।

परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो। सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ।

२० जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ। बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ। शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताए। रासस

चर्चामा

सम्बन्धित समाचार