शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • जनताकाे सुरक्षा प्रति प्रतिबद्ध : त्रिबेणी नगरपालिकाका नगर प्रमुख रावल

जनताकाे सुरक्षा प्रति प्रतिबद्ध : त्रिबेणी नगरपालिकाका नगर प्रमुख रावल

  • शनिबार, जेष्ठ १०, २०७७
जनताकाे सुरक्षा प्रति प्रतिबद्ध : त्रिबेणी नगरपालिकाका नगर प्रमुख रावल

 चक्र बहादुर अयडी,– बाजुरा , त्रिवेणी नगरपालिका मा रहेका महिला तथा बालबालिका स्वास्थ्य सुरक्षा प्रति नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख रामसिंह रावलले बताएका छन् । विश्व्यापि महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा प्रत्यक्ष रुपमा बाल बालिका र महिलाहरुमा असर प्रर्ने भएकोले त्यस विषयमा त्रिवेणी नगरपालिका लागीरहेको बताए ।  प्रमुख रावलले माहिला तथा बालबालिकाहरुको शिक्षा स्वस्थ्य लगाएतका कार्यहरुमा पहिले देखिनै काम गर्दै आईरहेको र अहिले यो कोरोनाको विचमा पनि स्वास्थ्य संस्था मार्फत जनचेतनामुलक कार्य गर्दै आएको पनि बताएका छन । यता लकडाउन को विचमा अध्यनरत विद्यार्थिहरुको लागि पनि कसरि शिक्षाको पहुचमा ल्याउने भन्ने विषयमा कार्यपालिकामा छलफल भईरहेको र त्यस विषयमा छिट्ै नै समस्याको समाधान तर्फ जाने बताए। उनका अनुसार बैशाख ३१ गते बसेको कार्यपालिकाको बैठक बाट नै शिक्षा र बालबालिका सम्बन्धी ६४ लाख अठार हजार रुपैया छुट्याईसकेको जानकारि दिएका छन् ।यो रकम भित्र बाट प्रत्येक विद्यालयमा कम्प्युटर र प्रोजेक्टर खरिद गरि र विद्यालयमा बसाई व्यवस्थापनको दुरि कायम गरि कक्षा संचालन गरिने बताए । त्यसैगरि सुनौला हजार दिनका आमा र २ वर्ष मुनिका बालबालिकाहरुको लागि पनि नयाँ राहतको मापदण्ड तयार गरेको र नगरकार्यपालिका को बैठक बाट पास गरिने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार