बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित ? (विवरणसहित)

आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित ? (विवरणसहित)

  • शनिबार, जेष्ठ १०, २०७७
आज कहाँ–कहाँ थपिए कोरोना संक्रमित ? (विवरणसहित)

भारतमा अलपत्र रहेका नेपालीहरुलाई प्रवेश दिइएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि थपिँदै गएको पाइएको छ।गृहमन्त्रालयको निर्णयअनुसार विभिन्न सीमानाकाबाट हजारौं नेपालीलाई प्रवेश दिएर क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बस्दै आएका उनीहरुमाथि कोरोना परीक्षण गर्दा संक्रमित थपिने क्रम बढ्दो छ । शनिबार मात्र थप ६८ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए ।

यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १–१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए । शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् । मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।

यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चर्चामा

सम्बन्धित समाचार