बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भारतबाट फर्किएका १९ जना कोरोनाको आशंकामा सेती अस्पतालमा भर्ना

भारतबाट फर्किएका १९ जना कोरोनाको आशंकामा सेती अस्पतालमा भर्ना

  • शुक्रबार, जेष्ठ ९, २०७७
भारतबाट फर्किएका १९ जना कोरोनाको आशंकामा सेती अस्पतालमा भर्ना

धनगढी : भारतबाट फर्किएका १९ जना कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। सीमा क्षेत्रमा गरिएको ¥यापिड टेस्टमा पोजेटिभ देखाएका र कोरोनाको लक्षण भएका १९ जनालाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।

बझाङ्कको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय पुरुष, वडा नम्वर ११ का २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका ५ का १८ बर्षीय युवक, डडेल्धुराको पर्शुराम नगरपालिकाका २७ वर्षीय युवक र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ का २८ बर्षीय युवकलाई प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।

यस्तै बैतडीको मेलौली नगरपालिका ४ का ३३ वर्षीय पुरुष, सोही ठाउँका १९ वर्षीय युवक, २३ वर्षीय युवक, शिवनाथ गाउँपालीकाका २७ वर्षीय युवक, सोही ठाउँका २४ वर्षीय युवक, २२ वर्षीय युवक, २० वर्षीय युवक, ३० बर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय युवकलाई अस्पतालको आईसोलेनमा भर्ना गरीएको हो।

यस्तै अछामको मेल्लेख ४ का ३० बर्षीय महिला, ११ बर्षिय बालिका, ४ बर्षको बालक र ३२ बर्षको पुरुषलाई पनि भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार योसंगै कोरोनाको आशंकामा प्रादेशिक अस्पतालाईको आईसोलेसनमा भर्ना भएका बिरामीको सङख्या २३ पुगेको छ। यसअघि बैतडीका एक जना र धनगढीका तीन जनालाई पनि कोरोना आशंकामै प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो।

बैतडीका एक जनाको पीसीआर मार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई आज डिस्चार्ज गरिने सूचना अकिारी श्रेष्ठले दिनेश खवरलाई जानकारी दिए। बिहिवार भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गरिएको थियो।

कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको स्थानीय प्रशासनको समन्वयमा उद्दार भएको हो। गौरीफन्टा नाकाबाट दुई हजार चार सय ७८ जनालाई भित्र्याईएकोमा किट अभावका कारण झण्डै ६ सय जनाको मात्रै ¥यापिड टेस्ट गरिएको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार