बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीबाट अछाम गइरहेका दुई नक्कली स्वास्थ्यकर्मी डडेल्धुरामा पक्राउ

धनगढीबाट अछाम गइरहेका दुई नक्कली स्वास्थ्यकर्मी डडेल्धुरामा पक्राउ

  • बुधबार, जेष्ठ ७, २०७७
धनगढीबाट अछाम गइरहेका दुई नक्कली स्वास्थ्यकर्मी डडेल्धुरामा पक्राउ
फाइल फाेटेा

स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ परेका छन्। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई  पक्राउ गरेको हो।

धनगढीबाट अछाम जान लागेका दुई युवालाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको थियो। ‘उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने। पक्राउ परेका दुवैलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको उनले बताए। #दिनेश

चर्चामा

सम्बन्धित समाचार