शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद बैठक ५ बजे बस्ने, कति बढ्ला लकडाउन ?

मन्त्रिपरिषद बैठक ५ बजे बस्ने, कति बढ्ला लकडाउन ?

  • आइतवार, जेष्ठ ४, २०७७
मन्त्रिपरिषद बैठक ५ बजे बस्ने, कति बढ्ला लकडाउन ?

काठमाडौँ — सरकारले कम्तिमा एक साता लकडाउन लम्व्याउने भएको छ । त्यसबारे आइतबार बेलुुका बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयसीमा जेठ ५ गते सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको सङ्ख्या समेत बढ्दै गएकाले लकडाउनको समय थप्दै अझ कडाइका साथ लागु गर्नुपर्नेमा सरकारी अधिकारीहरु पुगेको श्रोतको दावी छ ।

त्यसका लागि छलफल गर्न आइतबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । बैठकमा कोरोना नियन्त्रणमा सरकारले अपनाएको सबै विषयका बारेमा विश्लेषण गर्दै थप रणनीति तय गरेर निर्णय हुनसक्ने मन्त्री भट्टराईको भनाइ छ ।

‘पछिल्लो परिस्थितका बारेमा विश्लेषण र छलफल हुन्छ । छिमेकी देशको समेत विश्लेषण गरेर सोही अनुसार निर्णय हुन्छ,’ मन्त्री भटराईले रातोपाटीलाई बताए ।

उनका अनुसार लकडाउनको विकल्पमा अरु उपायको समेत खोजी गरिने भएपनि तत्काललाई यसैलाई निरन्तरता दिनुको विकल्पमा सरकार जान सक्ने अवस्था रहेको छैन । मन्त्रिपरिषद बैठकअघि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको पनि बस्दैछ । समितिको बैठक दिउँसो साढे २ बजे बस्ने समितिका प्रवक्ता तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । आइतबार बिहानसम्म नेपालमा २९१ जना संक्रमित भेटिएका छन् भने एक महिलाको कोरोना संक्रमणबाटै मृत्यु भैसकेको छ ।

३६ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमित भेटिन थालेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तय गर्दै आएको छ । सरकारले हालै गरेको जनस्वास्थ्यविद्हरुको बैठकमा अधिकांश चिकित्सिकहरुले लकडाउन र स्वास्थ्य परिक्षणको दायरा बढाउदै लैजान सरकारलाई सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार