शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सेनाका एक उच्च अधिकारीमा पनि कोरोना संक्रमण

सेनाका एक उच्च अधिकारीमा पनि कोरोना संक्रमण

  • आइतवार, जेष्ठ ४, २०७७
सेनाका एक उच्च अधिकारीमा पनि कोरोना संक्रमण

शनिबार दिउँसो कोरोना देखिएका दुई जना सैनिकमध्ये एक नेपाली सेनाका उच्च अधिकारी भएको खुलेको छ। नेपाली सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत एक उच्च अधिकृतलाई कोरोना संक्रमण देखिएको उच्च स्रोतले सेतोपाटीलाई बतायो। संक्रमित उच्च अधिकृत ५२ वर्षका छन्। उनीसँगै अर्का सैनिकलाई पनि कोरोना संक्रमण देखिएको हो जो २६ वर्षका हुन्।

नेपाली सेनाले दुई जनालाई कोरोना भाइरस देखिएको भने पनि उनीहरूको दर्जा खुलाएको छैन। कोरोना संक्रमण भएका उच्च अधिकृतलाई सेनाको पृतनामै उच्च सतर्कताका साथ आइसोलेसनमा राखिएको छ। अर्का सैनिकलाई पनि आइसोलेसनमा राखिएको छ।

नेपालमा कोरोना संक्रमित संख्या २८१ पुगेको छ भने एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला नेपालमा कोरोनाका कारण ज्यान गुमाउने पहिलो व्यक्ति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ३६ जना निको भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार