बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • चीनको ‘आदेश’ मा नेपालमा भारतविरुद्ध प्रदर्शन : भारतीय सेना प्रमुख

चीनको ‘आदेश’ मा नेपालमा भारतविरुद्ध प्रदर्शन : भारतीय सेना प्रमुख

  • शुक्रबार, जेष्ठ २, २०७७
चीनको ‘आदेश’ मा नेपालमा भारतविरुद्ध प्रदर्शन : भारतीय सेना प्रमुख

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नाराभानेले दिल्ली र काठमाडौँबीच जारी तनावमा चीनको हात रहेको आरोप लगाएका छन् । लिपुलेकमा भारतले निर्माण गरेको सडकको विरुद्धमा नेपालमा भइरहेको प्रदर्शनप्रति इशारा गर्दै उनले यसलाई चीनले उचालेको दाबी गरेका हुन् ।

एक अनलाइन कन्फरेन्समा उनले भने, ‘मलाई थाहा छैन उनीहरु किन आन्दोलन गरिरहेका छन् । उनीहरुले अरुकै आदेशमा यो समस्या उठाएको कुरा पत्याउने कारण छ र यसको सम्भावना पनि छ ।’

गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्डबाट नेपाली भूभाग लिपुलेकसम्मको ८० किलोमिटर लामो सडकको उद्घाटन गरेका थिए । त्यसयता नेपालमा भारतविरोधी प्रदर्शन जारी रहेको छ ।

थिंक ट्यांकले आयोजना गरेको उक्त कार्यक्रममा सेना प्रमुख नाराभानेले काली नदीको पूर्वको भाग नेपालको भएको र पश्चिमी भाग भारतको भएकोमा जोड दिए । उनले भने, ‘यसमा कुनै विवाद छैन । हामीले नदीको पश्चिमपट्टी बाटो बनाएका हौँ ।’

उनले भारत र चीनका सेनाबीच लद्दाख र सिक्किममा भिडन्त भएपछि चीनले नेपाल र भारतबीच तनाव सिर्जना गर्न खोजेको आरोप लगाए ।

चर्चामा

सम्बन्धित समाचार