शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • धनगढीका ४ वटा वडामा मात्र ९ लाखको १३५१ कठ्ठा कुहिएको चामल भेटियो

धनगढीका ४ वटा वडामा मात्र ९ लाखको १३५१ कठ्ठा कुहिएको चामल भेटियो

  • शुक्रबार, जेष्ठ २, २०७७
धनगढीका ४ वटा वडामा मात्र ९ लाखको १३५१ कठ्ठा कुहिएको चामल भेटियो

धनगढी : धनगढी उप–महानगरपालिकाका ४ वटा वडामा मात्र ९ लाख बराबरको कुहिएको चामल वितरण गरेको भेटिएको छ। उप–महानगरपालिकाको वडा नम्बर १, २, ४ र ५ मा ८ लाख ९१ हजार ६ सय ६० मूल्य पर्ने एक हजार तीन सय ५१ कठ्ठा कुहिएको चामल राहतमा बाँडेको भेटिएको हो।

राहतमा कुहिएको र किरा परेको चामल बाडेको भेटिएपछि विवादमा आएको उप–महानगरपालिकाले गठन गरेको छानविन समितिले अनुगमनका क्रममा चार वडामा एक हजार तीन सय ५१ कठ्ठा कुहिएको चामल भेटाएको हो। ४ वटै वडामा भेटिएको कुहिएको चामल २० हजार दुई सय ६५ किलो रहेको छ।

समितिका अनुसार वडा नम्बर १ मा ९५ कठ्ठा, २ मा एक सय कठ्ठा, ४ मा दुई सय ६९ कठ्ठा र ५ मा ८ सय ८७ कठ्ठा चामल कुहिएको वितरण भएको हो। वडा नम्वर ५ मा १५ किलोग्राम तौल भएका सबै कठ्ठा (पोका) चामल कुहिएको फेला परेको छ।

छानविन समितिले दिएको जानकारी अनुसार वडा नम्वर ५ मा १५ किलोका ८ सय ८७ कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको हो। ८ सय ८७ पोकामा १३ हजार तीन सय पाँच किलो चामल कुहिएको भेटिएको छानविन समितिले जनाएको छ। जस्को मूल्य पाँच लाख ८५ हजार भन्दा बढि हुन्छ।

चर्चामा

सम्बन्धित समाचार