शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

संक्रमित नेपालगन्जका ३६ वर्षीय पुरुष

  • बुधबार, बैशाख ३१, २०७७
धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

काभ्रेको धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ । संक्रमितको बाँकेको नेपालगन्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना संक्रमितको आधिकारिक संख्या २१८ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै धनुषामा थप दुई जनाको पुष्टि भएको भएपनि मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार