सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • समाचार
  • रोटीबेटीको सम्बन्धमा काँडा बनेर आयो कोरोना

रोटीबेटीको सम्बन्धमा काँडा बनेर आयो कोरोना

  • सोमवार, बैशाख २९, २०७७
रोटीबेटीको सम्बन्धमा काँडा बनेर आयो कोरोना

भनिन्छ, नेपाल–भारत सम्वन्ध रोटीबेटीसँग जोडिएको छ । नेपालको तराई भेगका बासिन्दा र भारतीय नागरिकबीच चल्ने बिहेबारी, रोजगारी, व्यापारलगायतका कारण पनि रोटीबेटीको सम्बन्ध बर्षौंदेखि चलिरहेको छ । तराईका कतिपय जिल्ला तथा स्थानमा भारतीय र नेपाली नागरिकको किनमेल गर्न जाने बजार नै एउटै छन्

सीमाक्षेत्रका बासिन्दाहरुको सानो व्यापारदेखि रोजगारीका लागि समेत दुवैतर्फ जाउजाउ हुने गर्दछन् ।पाँच नम्बर प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाको भारतसँग सिमाना जोडिएका छन् । नवलपरासी, रुपन्देही कपिलवस्तु, बाँके, बर्दिया र दाड भारतसँग सीमा जोडिएका जिल्ला हुन् । तर खुला सिमाना र रोटीबेटीको सम्वन्धलाई अहिले कोरोना भाइरसको त्रासले अप्ठ्यारोमा पारेको छ ।
रोटीबेटीको सम्वन्ध बन्नु स्वाभाविक रहेको पूर्वकृषि राज्यमन्त्री तथा रुपन्देही मायादेवी गाउँपालिकाका स्थायी बासिन्दा ओमप्रकाश यादव (गुन्जारी) बताउँछन् ।‘यो रोटीबेटीको पुरानो सम्बन्धमा अहिले कोरोना काँडा बनेर आएको छ । कामका लागि आउजाउ त हुने भैहाल्यो । त्योबाहेक हाम्रो समुदायमा यताउता बिहेबारी समेत हुुन्छ’, यादवले रातोपाटीसँग भने,‘तर अहिले कोरोनाले समस्या निम्तिएको छ ।’

१२ जिल्ला रहेको प्रदेश ५ मा ६ जिल्ला कोरोेनाको बढी जोखिममा रहने अनुमान गरिएपनि अहिलेसम्म बाँके, नवलपरासी र कपिलवस्तु गरी तीन जिल्लामा मात्रै कोरोना संक्रमित भेटिएका छन् ।ती सबै कोरोना संक्रमित भारतबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु भएको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीको भनाइ छ ।

प्रदेशमा कुल ३८५.२ किलोमिटर भारतसँग खुल्ला सीमा रहेकोमा ६ वटा मुख्य भन्सार नाका छन् । ६ वटा छोटी भन्सार र ४४ स्थानका दशगजासम्मै पिच सडकले जोडेको छ । प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका करिब ७ हजार र नेपाल प्रहरीका साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

चोरबाटोले निम्त्याएको चिन्ता
अहिले नेपाल भारत दुवै देश लकडाउनमा छन् । तर, लकडाउनकै बीचमा पनि पाँच नम्बर प्रदेशमा चोरबाटो हुँदै भारतबाट नेपाल छिर्नेहरुको कमी छैन । प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको दावी गरेपनि त्यो पत्याउने कुनै आधार भेटिदैन ।

यो प्रदेशमा पछिल्लो पटक भेटिएका कोरोना संक्रमितहरु लकडाउनकै समयमा दिल्ली र मुम्बाईबाट नेपाल भित्रिएको पुष्टि भएपछि प्रहरीको दावी फिक्का भएको हो । रुपन्देहीको मर्चरबारका कोरोना संक्रमित युवा दिल्लीबाट लकडाउनकै समयमा चोरबाटो हुँदै घर आएका थिए । कपिलवस्तुका १५ कोरोना संक्रमित पनि लकडाउनकै समयमा नेपाल आएको पाइएको छ ।

बाँकेको नेपालगन्जमा शुरुमा भेटिएका ६० वर्षीय पुरुष पनि भारत जानेआउने गरेको खुलेको थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौड्यालले कपिलवस्तुमा आएका कोरोना संक्रमित सिमानाकाबाट लुकिछिपी आएको रातोपाटीलाई बताए ।

उनीहरु रोटी अर्थात् रोजगारीकालागि भारत गएका हुन् । जसमा ८ जना कपिलवस्तुको यशोधारा गाउँपालिकाका छन् । ‘कुलानाला हुँदै पनि आउछन् । कसरी रोक्न सकिन्छ ? लुक्दै आउनेहरु दिनदिनै बढेका छन्’,कपिलवस्तुको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रसाद दुवेले रातोपाटीसँग भने, ‘यो गाउँपालिका भारतको सिद्धार्थनगर जिल्लासँग जोडिन्छ ।’ यो बाहेक कपिलवस्तुका अन्य गाउँपालिकाहरु पनि भारतसँग जोडिएका छन् । गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डे भन्छन्, ‘उताका यता आउने र यताका उता जाने पहिलेदेखि नै हो । अहिले उता भएकाहरु यता धरै आएका छन् ।’

रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँका ६ जनामा कोरोन संक्रमण  भएको थियो । उताको सम्वन्ध जस्तै त्रास पनि मर्चबारमा कायमै छ । कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुईबाट नेपाली भूभाग मर्चवारीमाई गाउँपालिका पैदल पुग्न १० मिनेटमात्र लाग्छ । सीमावर्ती भारतीय क्षेत्रमा संक्रमित भेटेपछि पनि आउने क्रम नरोएपछि त्रास बढेको समरीमाई गाउँपालिकाका बासिन्दा निरन्जन पाठक बताउँछन् ।

पाठकका अनुसार समरीमाईको ठोटरी नाकाबाट मान्छेहरु राति समेत आउने गरेका छन् । तर सवैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था फिलतो भएकाले स्थानीयमा चिन्ता थपिएको उनको भनाइ छ ।

सीमामा ५० मिटरदेखि डेढ सय मिटरको दुरीमा सशस्त्रका जवानहरु खटाइएको छ । त्यो बाहेक नेपाल प्रहरीले पनि  साढे ६ हजार जनशक्ति खटाएको प्रदेश ५ का प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलको भनाइ छ । उनले सीमामा प्रहरीको आँखा छलेर आउनेहरुलाई केही गर्न नसकिएको बाध्यता सुनाए ।

प्रदेश ५ मा सोमबारसम्म ४० जना कोरोना संक्रमित भेटिएका छन् । बांँकेमा २४ ,कपिलवस्तुमा १५ र रुपन्देहीमा १ जना संक्रमित भेटिएका हुन् । बाँकेमा भेटिएकालाई नेपालगन्ज तथा रुपन्देही र कपिलवस्तुमा भेटिएकालाई बुटललमा राखिएको छ ।

संक्रमित अझै बढ्न सक्ने अनुमान
कोरोना परीक्षणका लागि प्रदेश ५ मा केही दिनअघिसम्म किट अभाव भएर रोकिएको स्वाब नमूना संकलन र परीक्षण शनिबारदेखि निरन्तरता पाएको छ ।

भैरहवा, दाग र नेपालगञ्जमा कोरोना परीक्षण केन्द्र स्थापना  गरिएका छन् । केही दिन रोकिएको परीक्षणलाई केन्द्रबाट सामग्री आएपछि तीब्रता दिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनलाई केन्द्रित गरी नमूना परीक्षण भइरहेको स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले रातोपाटीलाई बताए ।

यसरी कन्ट्याक्ट ट्रेसिङ बढाउँदा र क्वारेन्टाइनमा रहेकाहरुको स्वाबको नमूना लिदै गर्दा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेर जान सक्ने उनको ठम्याइ छ ।

तीन दिनयतामात्रै भारतबाट नेपालतर्फ भित्रिएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि अत्यधिक छ । त्यो बाहेक सीमामा अलपत्र परेका नेपालीहरुको संख्या पनि करिब तीन हजार भन्दा बढी रहेकाले उनीहरुमा समेत कोरोना संक्रमण हुनसक्ने भय र जोखिम दुबै रहेकोे डा. गिरीको भनाइ छ । #राताेपाटि

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो
स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना
उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ
आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।