शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढी ट्रेडिङ् सेन्टरका सन्चालकद्धारा बिद्यार्थीलाई खाद्यन्न सहयोग

धनगढी ट्रेडिङ् सेन्टरका सन्चालकद्धारा बिद्यार्थीलाई खाद्यन्न सहयोग

  • आइतवार, बैशाख २८, २०७७
धनगढी ट्रेडिङ् सेन्टरका सन्चालकद्धारा बिद्यार्थीलाई खाद्यन्न सहयोग

धनगढी २८ बैशाख- धनगढी ट्रेडिङ् सेन्टरका सन्चालका संचालक बिनोद खड्काले धनगढीमा अध्यानरत बाजुरा जिल्लाका बिद्यार्थीहरुलाई खाद्यन्न सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसमा खड्काले खाद्यन्न सहयोग गरेको बताए ।


बिश्व कोरोना महामारीको चपेटामा परेको बेला नेपालमा पनि लकडाउन भएको लामो समय भएको छ । लकडाउनले समस्यामा परेका धनगढीमा अध्यनरत बाजुराका ६० जना बिद्यार्थीलाई चावल ,दाल,नून, तेल, तरकारी स्वायबिन बितरण गरेको खड्काले बताए ।
सहयोग सानो भएपनि बास्तबिस समस्यामा परेका बिद्यार्थीलाई केही राहात हुने बताए । होटेल पाटी प्यालेसमा गएर जन्नउत्सब मनाउनु भन्दा समस्यामा परेकालाई सहयोग गर्दा राम्रो हुने भएकोले सहयोग गरेको बताए । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ८ मोटाबाडा स्थायी घर भएका खड्का लामो समय देखी सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा बिभिन्नको कोर्ष सहितको ट्रेडिङ् सेन्टर संचालन गर्दै आएका छन् ।


ट्रेडिङ् सेन्टरमा असाय गरिबहरुलाई बिशेष छुटमा र निशुल्क तालिम समेत दिदै आएका छन् ।नेपाल लकडाउन भएको ४८ दिन भयो कसैले पनि सहयोग गरेको थिएन बिनोद खड्काले आफ्नो जन्मदिनमा यति ठुलो सहयोग गरेको छ । केही दिनको लागि राहत हुने भएको केएमसी धनढीमा अध्यानरत लक्ष्मण जाेशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार