शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • अस्ट्रलियाबाट एक युवाले गरे बुढिनन्दा नगरपालिकालाई ४५ कुइन्टल चामल सहयोग

अस्ट्रलियाबाट एक युवाले गरे बुढिनन्दा नगरपालिकालाई ४५ कुइन्टल चामल सहयोग

  • आइतवार, बैशाख २८, २०७७
अस्ट्रलियाबाट एक युवाले गरे बुढिनन्दा नगरपालिकालाई ४५ कुइन्टल चामल सहयोग

बाजुरा — बुढिनन्दा नगरपालिकाका एक युवाले बुढिनन्दा नगरपालिकाललाई अष्ट्रलियाबाट ४५ कुईन्टल चामल सहयोग गरेका छन् ।
कोरोना भाइरसले बिश्व नै त्रासमा रहेको र नेपालमा पनी त्यसको प्रत्यक्ष असर लामो समयदेखी लकडाउन गरिएको अबस्थामा नगरपालिकाका नगरबासी पारस मल्लले अष्ट्रलियाबाट ४५ कुइन्टल चामल सहयोग गरेका हुन ।
बुढिनन्दा नगरपालिका वडा न ५ छातिकोट घर भई हाल कामको सिलसिलामा अष्ट्रलिया गएका पारस मल्लले गरिव मज्दुर र बिपन्नका लागि भनेर ४५ कुइन्टल चामल बराबर सहयोग गरेको बुढिनन्दा नगरपालिकाकी उपप्रमुख श्रृष्टी रेग्मीले बताईन ।

Image may contain: 5 people, including Dhir Dani and Mohan Jung Budhthapa, people standing
यस बिपदको घडीमा खाद्यान्न सहयोग गरेकोमा उप प्रमुख श्रृष्टी रेग्मीले धन्यबाद समेत दिएकी छन । बिश्व कोरोनाका संक्रमणमा आक्रान्त भएका बेला बिदेशबाट यति ठुलो सहयोग गरी नगरपालिकालाई सहयोग गरी मानवता देखाउनु ठुलो कुरा रहेको उपप्रमुख रेग्मीले बताईन ।

No photo description available.
कामको शिलसिलामा बिदेशमा पशिना बगाएर कमाएको पैशाले सिगों नगरलाई नै सहयोग गरेको यो जिल्लामै सबै भन्दा ठुलो सहयोग रहेको उनले बताईन । मल्लले पठाएको सहयोगको राहत नगर उपप्रमुख रेग्मीको रोहबरमा बितरण भइरहेको नगरपालिकाले जनाएको छ ।
गाउँको समस्यालाई बुझेर सहयोग गरेकोमा मल्ललाई नगरपालिकाले धन्यबाद समेत ब्यक्त गरेको छ भने उता गरिव बिपन्नको घरमा निभ्न लागेको चुलो बलेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार