सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रवास
  • क्यान्सरका कारण भारतीय अभिनेता ऋषि कपुरको निधन

क्यान्सरका कारण भारतीय अभिनेता ऋषि कपुरको निधन

  • बिहिबार, बैशाख १८, २०७७
क्यान्सरका कारण भारतीय अभिनेता ऋषि कपुरको निधन

काठमाडौं- बलिउड अभिनेता ऋषि कपूरको पनि निधन भएको छ। उनको ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका थिए।अस्पताल भर्ना भएपछि उनलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनका दाजु रणधीर कपूरले सञ्चार माध्यमलाई बताएका थिए।

अमेरिकामा झन्डै एक वर्ष जति क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए। कपूरको निधनमा अभिनेता अमिताभ बच्चनले आफू विछिप्त भएको ट्विट गरेका छन्। ‘उनी गए… ऋषि कपूर गए… उनको निधन भयो… म विछिप्त भएको छु’, उनले लेखेका छन्। साभार

चर्चामा

सम्बन्धित समाचार