• होमपेज
  • समाज
  • नौ महिना पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

नौ महिना पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

  • सोमवार, बैशाख १५, २०७७
नौ महिना पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

बाजुरा जिल्लाको पुर्बित्तर क्षेत्रको कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रले नौ महिना पछि डाक्टर पाएकाे छ। करिव नौ महिनापछि कोल्टीका प्राथमिक स्वास्थ्य चौकीमा जिल्ला अस्पताल बाजुराबाट डाक्टर राजु राज जैशी गएपछी धेरै लामाे समय पछि काेल्टिले चिकित्सक पाएकाे छ। बुढीनन्दा नगरपालिका अन्तरगत रहेको उक्त सवास्थ्य केन्द्रमा कार्यरत डा.गणेश चोधरी समायोजन भएर गए पछि केन्द्रले डाक्टर पाएको थिएन।
सूदुरपश्चिम सवास्थ्य निर्देशनालय दिपायलले सदरमुकाम मार्तडीको जिल्ला अस्पतालमा कार्यारत डा.राजुराज जोशीलाई कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रको आईसुलेसन हेर्ने गरी खटाएको थियाे कोरोनाको महाँमरी बिश्वभर फैलिएका बेला बुढीनन्दा नगरपालिकाले डाक्टरको ब्यबस्था गर्न नसकेकाले प्रदेश बाट आइसोलेसन हेर्ने गरी डाक्टर पठाउनु परेको हो ।
एक हप्ता अगाडी डाक्टर राजुलाई कोल्टी जानु भनी आएको पत्र अनुसार भन्दा पनि आफु कोल्टीका जनताको सेवाका लागि गएकाे डाक्टर राजुले बताएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुरा जिल्लाका चार वटा स्थानिय तह बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका र छिमेकी जिल्ला हुम्ला र मुगुका बिरामीहरु आउँने गर्दछन्। डाक्टर नभएका कारण अहिले अहेबले सो केन्द्रको जिम्मेवारी समालेका थिए।
कोल्टी क्षेत्रका जनताले चिकित्सकीय सेवा लिन पाएका थिएनन् भने उनिहरु सदरमुकाम मार्तडी वा धनगढी नेपालगंजमा गएर सामान्य बिरामका लागि समेत ठुलो रकम खर्चिनु पर्ने बाध्यता रहेको कुरा स्थानियले बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देन नमानेको आरोप डा. जोशीलाई थियो तर उनको आफ्नो तयारीका कारण केही ढिलो भएको बताएका छन। महामारीको समयमा डाक्टर बिनाको आइसोलेसन राखेको भन्दै जिल्लामा बिरोध भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार