बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डाक्टर राजुलाई २४ घण्टाभित्र कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा हाँजिर हुन निर्देशन

डाक्टर राजुलाई २४ घण्टाभित्र कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा हाँजिर हुन निर्देशन

  • शनिबार, बैशाख ६, २०७७
डाक्टर राजुलाई २४ घण्टाभित्र कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा हाँजिर हुन  निर्देशन

बाजुरा ६ बैसाख– बाजुरा जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टामा हाजिर हुन सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको महामारीको नियन्त्रण तथा रोकथामका लागि बिभिन्न अस्पताल, तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तीको कमि भएको हुँनाले हाल प्रदेश काम गरिरहेकै जनशक्तिबाट काम सुचारु गर्नुपर्ने भएकोले खटिएकै स्थानबाट तलव भत्ता भुक्तानी हुने गरि डाक्टर राजु राज जैशीलाई पठाउने निर्देशन दिएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्तीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत रहेका डाक्टर राजुलाई काजमा जान निर्देशन लिखित निर्देशन दिएको डाक्टर अवस्तीले बताएका छन् । हाल बिभिन्न अस्पताल तथा प्राथिमक स्वास्थ्यमा कोरोना भाइरस रोकथाम तथा महामारी नियन्त्रणका लागि दक्ष जनशक्ती नभएको ठाउँमा बिभिन्न ठाउँबाट परिपुर्ती गर्न मन्त्रालय र स्वास्थ्य निर्देशनालयले काम गरिरहेका बताएको छ ।
शुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले चैत २५ गते जिल्ला अस्पताल बाजुरालाइ कोल्टीमा एकजना चिकित्सक पठाउन निर्देशन दिएको भएपनि कार्यन्वयन हुन सकेको थिएन ।
चैत २५ गते क्षेत्रिय निर्देशक डा. गुणराज अवस्थीले जिल्ला अस्पताल बाजुरालाई पत्रचार गरेको भएपनि अहिले सम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नपठाएका कारण लिखीत रुपमा डाक्टर राजुलाई पठाउन निर्देशन दिएको छ । कोरोना भाइरस ब्यबस्थापनका लागि अस्पताल ब्यबस्थापनका लागि एकजना चिकित्सक पठाउन स्वास्थ्य निर्देशनालय बाट पत्र समेत दिइसकेको बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो एक बर्ष पछि डाक्टर पाउने भएको छ । बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका ५० हजार बढी जनसंख्यालाई स्वास्थ्य केन्द्र सेवा दिदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार