बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा खाद्य संस्थानको कुहिएको चामल राहत बितरणमा लगेपछि.. (भिडियाे सहित)

बडिमालिका नगरपालिकामा खाद्य संस्थानको कुहिएको चामल राहत बितरणमा लगेपछि.. (भिडियाे सहित)

  • शनिबार, चैत्र २९, २०७६
बडिमालिका नगरपालिकामा खाद्य संस्थानको कुहिएको चामल राहत बितरणमा लगेपछि.. (भिडियाे सहित)

बडिमालिका नगरपालिकामा खाद्य संस्थान बाट राहत बितरणका लागि लिएको चामल कुहिएको पाइएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ४ मा बाडेको चामल कुहिएको स्थानिय नरेन्द्र नाथले वताएका छन् । आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बडिमालिका खबरलाई वताएका छन् ।
बितरण गर्दा पुरै कट्टा मिलाएर बाडेको थियो, घरमा ल्याएर खोलेर बाडौ भन्दा त पुरै चामल कालो भएको कुहिएको डल्ला परेको पाईएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरेका छन् । कुहिएको चामल खान नमिल्ने भन्दै फिर्ता गरेका हुन् । वडिमालिका नगरपालिका वडा नम्बर ४ मा १ सय ७५ जनालाई चामल बितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले वताएका छन् । ३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत बितरण गरेको नाथले वताए । वडा अध्यक्ष नाथले चामल सडिएको स्वीकार गरेका छन् । ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाईएकाले खाद्य संस्थानलाई नै फिर्ता गर्न लागेको उनले वताए ।
वडा अध्यक्ष नाथले अरुलाई बितरण गरेको चामल ठिक भएको वताएपनि अन्य बितरण गरिएको चामल पनि खान नमिल्ने अबस्था रहेको स्थानियले वताए । वडा नम्बर ४ मा ३० केजीका ७० कट्टा चामल बितरण गरिएको थियो । चामल नगरपालिकाले खरिद गरेर वडालाई राहतका लागि दिएको थियो ।
नेपाल खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने गएको बर्षको मौजात रहेको चामल हो, हामिले ३० केजीका कट्टा बिक्रि गरेका हौ, गोदाम वा ढुवानी गर्दा कुनै कट्टामा खराबी आएकाले यस्तो भएको हुन सक्ने वताए । आफुले बिक्रि गर्दा नै त्यस्तो भेटिएमा फिर्ता गर्ने वताएको ओझाले वताए । ६ कट्टा चामल त्यस्तो भेटिएकोले फिर्ता आएको ओझाले वताए ।ब
बडिमालिका नगरपालिकाले १ सय ५० कुन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थान बाट खरिद गरेर बितरण गरिसकेको छ । नगरप्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत बितरण गर्ने निर्णय अनुसार बितरण गरेका हौ, तर सडिएकोे आफुलाई जानकारी थिएन्, आज वडा नम्बर ४ मा बितरण गर्दा जनता बाट नै गुनासो आएको बताए । हामिले त संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेको उनले थपे । त्यस्तो चामल फिर्ता गर्न लगाएको मेयर बडुवालले वताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने भने यो बारेमा जानकारी नभएको खाद्य संस्थानलाई बुझने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार