शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमबाट ५३ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज, १० जनाको उपचार हुँदै

सुदूरपश्चिमबाट ५३ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज, १० जनाको उपचार हुँदै

  • बिहिबार, चैत्र २७, २०७६
सुदूरपश्चिमबाट ५३ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज, १० जनाको उपचार हुँदै

धनगढी ः सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट अहिले सम्म कोरोना शंकास्पद ५३ बिरामी उपचारपछि घर फर्किएका छन्। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार अहिले सम्म ५३ जना शंकास्पद विरामीको विभिन्न अस्पतालमा उपचार भएको हो।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालमा २४, अछाम अस्पतालबा ७, महाकाली अस्पतालबाट ६, बयलपाटा अस्पतालबाट ५, डोटी र डडेल्धुरा अस्पतालबाट ३÷३, बैतडी अस्पतालबाट २, बझाङ अस्पताल, गोकुलेश्वर अस्पताल र बाजुरा अस्पतालबाट एक÷एक जना उपचारपछि डिस्चार्ज भएका हुन्। उनीहरु कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालहरुले जनाएका छन्।

यस्तै अहिले सुदूरपश्चिमका विभिन्न अस्पतालमा शंकास्पद १० जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ। सेती प्रादेशिक अस्पतालमा ६, डडेल्धुरा अस्पतालमा दुई तथा डोटी र बाजुरा अस्पतालमा एक÷एक जनाको उपचार भईरहेको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ। उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वावको नमूना संकलन गरिएको छ तर रिपोर्ट आएको छैन्। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार