बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • डोटीका नेकपा सांसद आलेमगरले हेलीकोप्टर मार्फत पठाए स्वास्थ्य सामाग्री

डोटीका नेकपा सांसद आलेमगरले हेलीकोप्टर मार्फत पठाए स्वास्थ्य सामाग्री

  • बुधबार, चैत्र २६, २०७६
डोटीका नेकपा सांसद आलेमगरले हेलीकोप्टर मार्फत पठाए स्वास्थ्य सामाग्री

धनगढी : डोटीबाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सदस्य प्रेम बहादुर आलेमगरले जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री पठाएका छन्। कोरोनाको विश्व व्यापी महामारीमा नेपालमा पहिलो पटक सुदूरपश्चिम पनि दोस्रो चरणमा प्रवेश गरेका बेला सांसद आलेमगरले उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने समाग्रीहरु काठमाडौंबाट हेलीकोप्टर मार्फत डोटी पठाएका हुन्।

उनले पठाएका पीपीई, मास्क, पन्जा, सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षाका समाग्री आईपुगेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उक्त समाग्री स्वास्थ्य कार्यालय मार्फत जिल्ला भर आवश्यक परेको स्थानमा पठाईने प्रजिअ पौडेलले बताए। जिल्लामा स्वास्थ्य सुरक्षाका समाग्रीहरुको अभाव हुन नदिन उक्त समाग्री पठाएको सांसद आलेमगरले बताए।

‘मैले कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन एवंम उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ चाहिने एक सय १० थान पीपीई, ३५ जोर गमबुट, हेडक्याप एक हजार थान, पन्जा १२ सय जोडा पठाएको छु’ उनले भने, ‘यस्तै फुटक्याप एक हजार जोर, एक हजार दुई सय ५० वटा मास्क, दुई सय वोतल सेनीटाईजर र ३० वोतल साईरेक्स पाउडर पठाएको छु।’ ती समाग्री खरिदमा अहिले सम्म पाँच लाखको विल आएपनि थप प्राप्त हुन बाँकी रहेको सांसद आलेले बताए। याे खबर दिनेस खबरले लेखेकेा छ ।

चर्चामा

सम्बन्धित समाचार