शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बिश्व कोरोनाको लडाइमा, यता बुढिगंगा नगरपालिका हाकिम बनाउने लडाइमा

बिश्व कोरोनाको लडाइमा, यता बुढिगंगा नगरपालिका हाकिम बनाउने लडाइमा

आर्थिक कारोवार बन्द, विकासे योजना प्रभाबित

  • मङ्लबार, चैत्र २५, २०७६
बिश्व कोरोनाको लडाइमा, यता बुढिगंगा नगरपालिका हाकिम बनाउने लडाइमा

बिश्व अहिले कोरोना रोगका बिरुद्ध युद्ध जस्तै लडिरहेको छ । बिश्व समुदाय एकमत भएर यो रोग बाट कसरि बच्न सकिन्छ, भन्ने तिर छन् । तर बुढिगंगा नगरपालिकामा भने हाकिम कसलाइ बनाउने भन्ने दाउपेचमा लागि रहेको छ । नेकपा र नेपाली काँग्रेस यहि लडाइलडिरहेका छन् ।
नगरपालिकामा तिन महिना सम्म प्रमुख प्रशासकिय अधिकृत नहुँदा सुस्ताएका जनप्रतिनिधि र राजनितिक दल अहिले आफु अनुकुलको कर्मचारीलाई आर्थिक अधिकार सहितको निमित्त प्रशासकिय अधिकृत बनाउने होडमा लडिरहेका छन् । चैत १० गते मन्त्रालय बाट लेखा अधिकृत तिलक थापाका नाममा निमित्त प्रशासकिय अधिकृत जिम्मेवारीको पत्र आयो । त्यसको केही दिनमा चैत १९ गते प्रशासन अधिकृत नरेन्द्र नाथका नाममा निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी पाएको पत्र आयो । मन्त्रालयले ९ दिनको फरक निमित्त प्रशासकिय अधिकृत परिर्वतन गरेपछि अहिले नगरपालिका हाकिम बनाउने लडाइ लडिरहेको छ ।
तिलक थापाको नाममा पत्र आएपछि उनको नाममा आर्थिक कारोवार सञ्चालन गर्ने गरि खाता सञ्चालन भयो । फेरी नरेन्द्र नाथको नाममा आएपछि नरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुले नरेन्द्र नाथको नाममा खाता खोल्न निर्णय गरे । निमित्त नगरप्रमुख तथा उपमेयर तारा खातिको अध्यक्षतामा बस्ने लागेको बैठकनै उपमेयर तारा खाति बिचमै उठेर गईन् । उनि गएपछि नेकपा समर्थक जनप्रतिनिधिले बहुमतले निर्णय गरेका थिए । खाता सञ्चालनका लागि कोष लेखा नियन्त्रण कार्यलय बाजुरामा नरेन्द्र नाथ पुगेपनि उनका नाममा खात सञ्चालन गर्नका लागि रोकिएको छ । कोष लेखा नियन्त्रकलाई काँग्रेस समर्थक नेताहरुले फोन गरेपछि र अर्को मन्त्रालयको पत्र प्रष्ट नभएकाले खाता सञ्चालनमा नल्याएको बुझिएको छ ।
यता उपमेयर तारा खातिले भने नरेन्द्र नाथलाई २४ घण्टे स्पष्टिकरण मोगेकी छन् । नगरपाकिा कार्यपालिका सदस्य माया शाहले भनिन्, पहिला तिलक थापाको नाममा चिठि आयो उनको नाममा खाता सञ्चालन गरयौ, अहिले नरेन्द्र नाथका नाममा आएपछि उनका लागि खोल्नका लागि निर्णय गरेको बताउछँन् । उपमेयर बिचमै बैठक छोडेर भागेपछि आफुहरुले बहुमतको निर्णय गरेको वताउछन् । बहुमत कार्यपालिका सदस्यहरु नेकपा समर्थक हुन् ।
नगर प्रमुख दिपक बिक्रम शाह अहिले काठमाडौमा छन् । उनि भन्छन्, जेष्ठ कर्मचारी भने चिठि आयो जेष्ठ त अरु नै भएकोले नरेन्द्रका नाममा अख्तियारी आउनु राजनितिक भएको बताँउछन् । चाडैनै संघ बाट उपसचिब ल्याउने पहल भएको बताएका छन् । बुढिगंगा नगरपालिका कर्मचारीको बिषयलाई लिएर सतहि रुपमा बिवाद फैलिएको छ । नेकपा र नेपाली काँग्रेस बिच बिवाद भइरहेको छ । नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष नरेन्द्र थापा भने तिलक थापा लेखाको भएकोले उनलाई अधिकारी दिन नमिल्ने भएकाले नरेन्द्र नाथका नाममा अख्तियारी आएको बताँउछन् । उनि भन्छन्, नगरपालिकाले जे मन लाग्यो त्यहि गरिरहेको छ, हामी त सिस्टममा चल्नु पर्छ भन्ने हो, हामी त्यहि चाहान्छौ त्यहि हुनु पर्ने थापाले वताए ।
पौषको पहिलो साता निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनिल ठगुन्ना सरुवा भएपछि प्रशासकिय अधिकृत बिहिन बनेको हो । प्रशासकिय अधिकृत नयाँ नआउदा योजनाहरुको भुक्तानि हुन सकेका छैनन् । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत बितरण हुन नसकेको नगरपालिका लेखापाल पुर्ण जैशीले वताएका छन् । फागुन महिना भित्र सामाजिक सुरक्षा वितरण गरिसक्नु पर्ने हो जैशीले थपे ।
शिक्षकले तलब चौमासीक खाने गरको छौ, फागुन महिनामा चार महिनाको तलब खाने गरेका थियौ, कार्यकारी नहुँदा तलब नपाएको सिगाडा माबिका प्रअ बिश्नुध्वज शाहले वताएका छन् । अर्को पाठयपुस्तकको रकम बिद्यालयलाई नहालेको हुँदा नयाँ शैक्षिक सत्रका लागि पाठयपुस्तक खरिदका लागि अन्योलमा रहेको शाहले वताए । नगरपालिकामा काम सकेको योजनाहरुको भुक्तानि नहुँदा कामदारले रकम पाँउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार