बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा लकडाउनलाई थप कडाइका साथ लागु गर्ने निर्णय

सुदूरपश्चिममा लकडाउनलाई थप कडाइका साथ लागु गर्ने निर्णय

  • आइतवार, चैत्र २३, २०७६
सुदूरपश्चिममा लकडाउनलाई थप कडाइका साथ लागु गर्ने निर्णय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।

बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा व्यवस्थापन गर्न विज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको व्यवस्थान गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिए।

यसैगरी बैठकले प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार र व्यवस्थापन गर्न चिकित्सकसहितको टोली तयारी अवस्थामा राख्ने, शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षण गरी सामान्य अवस्थाका बिरामीलाई सम्बन्धित अस्पतालमा उपचार व्यवस्थापन गर्ने र जटिल अवस्थाको बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गर्नेलगायतका निर्णय पनि गरेको छ।–रासस

चर्चामा

सम्बन्धित समाचार