शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका एक सय ५१ जनाको कोरोना परीक्षण, झण्डै तीन प्रतिशतमा संक्रमण

सुदूरपश्चिमका एक सय ५१ जनाको कोरोना परीक्षण, झण्डै तीन प्रतिशतमा संक्रमण

  • आइतवार, चैत्र २३, २०७६
सुदूरपश्चिमका एक सय ५१ जनाको कोरोना परीक्षण, झण्डै तीन प्रतिशतमा संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५३ दिनमा एक सय ५१ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र विभिन्न क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा अहिले सम्म एक सय ५१ जनाको नमूना परीक्षण भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थ्रोट स्वाव संकलन गरी पठाईएका १८ जनाको रिपोर्ट आउन बाँकी छ।

एक सय ५१ जनाको परीक्षण रिर्पोट आएकोमा चार जना अर्थात २ दशमलव ६५ प्रतिशमा कोरोना देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक सय ५१ जनाको रिर्पोट आएकोमा चार जना बाहेक एक सय ४७ को रिर्पोट नेगेटीभ देखिएको बताए। रिर्पोट आउन बाँकी १८ जनामा कैलाली सहित विभिन्न जिल्लाका रहेका छन्।

यस्तै परीक्षण भएका झण्डै तीन प्रतिशतमा कोरोना देखिएपछि सरकारले कैलाली, कञ्चनपुरमा कोरोना भाइरसको ¥यापिड टेष्ट गर्ने भएको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

कुनैपनि लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि भने अस्पतालका चिकित्सक कस्ता विरामीको नमूना संकलन गर्ने बारे अन्योलमा परेका छन्। धनगढीकी ३४ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना भाइरस पोजेटिभ भेटिएपछि नमूना संकलनमा अन्योलता बढेको छ।

कोराना भाईरस (कोभिड १९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय युवकका भाउजुलाई विना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो। कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन्।

तर ति महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन्। सेती अस्पतालका आकस्मिक बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार ति महिलामा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको थिएन तर सं्रक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो।

उनले शनिवार मात्रै कोरोना पुष्टि भएका अन्य दुई जनामा पनि कोरोनाको खासै लक्षण देखिएको छैन्। यसअघि कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ बर्षिय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाईएको थियो। पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार