• होमपेज
  • देश/प्रदेश
  • प्रदेशीक अस्पताल सेतीवाट कोभिड-१९ को स्वाब परिक्षण सुरु, १ घण्टामै रिपोर्ट आउने

प्रदेशीक अस्पताल सेतीवाट कोभिड-१९ को स्वाब परिक्षण सुरु, १ घण्टामै रिपोर्ट आउने

  • बिहिबार, चैत्र २०, २०७६
प्रदेशीक अस्पताल सेतीवाट कोभिड-१९ को स्वाब परिक्षण सुरु, १ घण्टामै रिपोर्ट आउने

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट नमुना परिक्षण सुरु गरिएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण थालिएको बताए।

उनले- ‘भने प्रयोगशालाका उपकरण जडान, संकलित नमुनालाई सुरक्षित राख्न बायो सेफ्टी तयार पारेपछि अहिले साढे पाँच वजेवाट नमुना परिक्षणको कामलाई अगाडी बढाइरहेका छौं।’ यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईदै आएको थियो। जसले गर्दा परिक्षणमा ढिलाई हुने गरेको थियो।

तर, सेतीमै परिक्षण सुरु भएपछि अव सहज हुने विश्वास गरिएको छ। अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ।

चर्चामा

सम्बन्धित समाचार