शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ

कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ

  • बुधबार, चैत्र १९, २०७६
कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ

‘बेबीडल’ गीतकी गायिका कनिका कपुरको कोरोना भाइरसको पाँचौं परीक्षण पनि पोजेटिभ देखिएको छ । ४१ वर्षीया गायिकाको सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

कोरोनाभाइरसका प्रत्येक रोगीलाई ४८ घण्टाको फरकमा परीक्षण गरिन्छ । निगरानीमा नरहनका लागि कनिकाको रिपोर्ट दुईपटक नेगेटिभ हुनुपर्छ । कनिकाको पाँचौं पटक परीक्षण गरिएको हो ।

अस्पतालका निर्देशक तथा प्राध्यापक आर.के धिमानले एक वक्तव्य जारी गर्दै कनिकाको स्थिती स्थिर रहेको बताउँदै यसमा आत्तिनु नपर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार