शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथमा क्वारेन्टाइन र हेल्थ डेक्स स्थापना

जगन्नाथमा क्वारेन्टाइन र हेल्थ डेक्स स्थापना

  • शनिबार, चैत्र १५, २०७६
जगन्नाथमा क्वारेन्टाइन र हेल्थ डेक्स स्थापना

जगन्नाथ गाउँपालिकाले क्वारेन्टाइन र हेल्थ डेक्स स्थापना गरेकाे छ । गाँउपालिकाले ३२ बेडको क्वारेन्टाइन निर्माण र तिन ठाँउमा हेल्थ डेस्क स्थापना  गरेको छ । संक्रमणसँग मिल्ने लक्षण देखिएका र विदेशबाट फर्किएकाहरुलाई १४ दिनसम्म राख्न गाउँपालिकाका तीन वटा स्थानमा गरि ३२ बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।

जगन्नाथ गाउँपालिकाले  वडा नं १ र २ लाई लक्षित गरि पिलुचौरमा १० बेड, वडा नं ३ र ४ लाई लक्षित गरि कैलाश माव महतीमा १२ बेड र वडा नं ५ र ६ लाई लक्षित गरि देवलकोट माविमा १० बडेको क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । सामुदायिक विद्यालय भवनलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरि ३२ बेड तयारी अवस्थामा राखिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । जगन्नाथ जगन्नाथ गाँउपालिकाको वडा नं ६ तल्लो काप्री, गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौर गरि तिन ठाँउमा हेल्थ डेस्क स्थापना गरेको छ ।

गाउँपालिकाले प्रत्येक परिवारलाई साबुन र अन्य सरसफाइ सामाग्री गाउँमा पुगेर सचेतना र लक डाउनमा बस्न सूचना प्रवाह गर्ने कार्य समेत गरिएको छ । सेवा प्रवाहका लागि गाउँपालिकाले ६ वटा वडामा ६ जना र एक जना कार्यालयमा बस्ने गरि सम्पर्क व्यक्ति समेत तोकिएको छ । आवश्यक चेकजाँच र परामर्श सेवाका लागि डेल्थ डेक्समा २४ घण्टा स्वास्थ्य कर्मी र सुरक्षा कर्मी खटाईएको छ । आवश्यक उपलब्ध सामाग्री सहीतको व्यवस्था गराएर हेल्थ डेक्समा स्वास्थ्यकर्मी खटाएको गाउँपालिकाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार