शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा भेटिए एक जना कोरोना संक्रमित

धनगढीमा भेटिए एक जना कोरोना संक्रमित

  • शुक्रबार, चैत्र १४, २०७६
धनगढीमा भेटिए  एक जना कोरोना संक्रमित

धनगढी : नेपालमै चौथो कोरोना (कोभिड-१९) भाइरस संक्रमित भेटिएका छन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको सार्वजनिक गरेका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालभा भर्ना भएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको उनले बताए। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनाइ छ।

कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १७ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ४/४ जना गरेर १७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ। कोराना पुष्टि भएका दुई जनाको काठमाडौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसोेलेसनमा राखेर उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। एक जना निको भैसकेका छन्।

https://www.facebook.com/mohpnep/videos/2421353964842404/

चर्चामा

सम्बन्धित समाचार