मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

  • बुधबार, चैत्र १२, २०७६
अछाममा एकजना आइसोलेसनमा भर्ना, स्वाब पठाउने उपकरण नहुँदा समस्या

अछाम — अछामको बयालपाटा अस्पतालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंकामा एक जनालाई आइसोलेसन वार्डमा राखिएको छ। केही दिनअघि भारतबाट आएका बान्नीगढी जयगढ गाउँपालिका ४२ वर्षीया ती पुरुषलाई दुई दिनअघि सम्पर्कमा आएका थिए।

स्वास्थ परिक्षणको क्रममा उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा राखेको बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले बताए। उनले भने ‘ति व्यक्ति केहि दिनअघि भारतबाट आएका थिए। लक्षण हेर्दा कोरोनाको संक्रमण जस्तै देखिएको छ’ उनले भने तर स्वाब परिक्षणका लागि काठमाडौं पठाउन सकेका छैनौ। किनभने स्वाब पठाउने (भाईरल ट्रान्सपट मिडिया) नहुँदा समस्या भएको छ। पटक पटक भन्दा पनि अहिलेसम्म आइपुगेको छैन्।’ ति व्यक्तिलाई आइसोलेन बेडमा राख्नुको अरु विकल्प आफुहरुसँग नभएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार