बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • मुलुक पहिलोपटक हवाई सम्पर्क विहीन

मुलुक पहिलोपटक हवाई सम्पर्क विहीन

  • मङ्लबार, चैत्र ११, २०७६
मुलुक पहिलोपटक हवाई सम्पर्क विहीन

आज (मंगलबार) एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यस्तो निर्णयसँगै अब नेपाल अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको ६ दशकपछि पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन भएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार