शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश २
  • वीरगन्जका एकजनामा देखियो कोरोनाभाइरस, पटनामा उपचार गरिँदै

वीरगन्जका एकजनामा देखियो कोरोनाभाइरस, पटनामा उपचार गरिँदै

  • आइतवार, चैत्र ९, २०७६
वीरगन्जका एकजनामा देखियो कोरोनाभाइरस, पटनामा उपचार गरिँदै

काठमाडौं । वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

“संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” बस्नेतले बाह्रखरीसँग भने, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।”

ती व्यक्तिबाहेक अरुमा संक्रमणको पुष्टि नभएको उनले जानकारी दिए ।

स्रोतका अनुसार कोरोनाको आशंका गरिएपछि ती बिरामीलाई पर्साको कुनै पनि अस्पतालले लिन मानेका थिएनन् । त्यसपछि उनलाई उपचारका लागि पटना लगिएको थियो । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए ।

स्रोतका अनुसार उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार