बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा २० ओटा ब्याड सहितको आइसियुलेशन स्थपना

बाजुरा सदरमुकाममा २० ओटा ब्याड सहितको आइसियुलेशन स्थपना

  • आइतवार, चैत्र ९, २०७६
बाजुरा सदरमुकाममा २० ओटा ब्याड सहितको आइसियुलेशन स्थपना

बाजुरा ९ चैत– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बाजुरा सदरमुकाममा २० ओटा ब्याड सहितको आइसियुलेशन स्थपना हुने भएको छ । जिल्ला समन्वय समितिको समिक्षालय हललाइ आइसियुलेशनको रुपमा प्रयोग गर्ने भएको हो । जिल्लामा कारोना भाइरस (कोभिड १९) का कुनै ब्यक्ती आएमा सो कोठाहरुमा राख्ने गरि निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् ।
त्यसै गरि जिल्लामा कारोना भाइरस (कोभिड १९) बाट बच्न र बचाउन भईरहेका पहलहरुको बारेमा छलफल गरिएको छ । जिल्लामा कारोना भाइरस (कोभिड १९) फैलिन नदिन जिल्लाका सरोकारवाला निकायले के के पहल गरिरहेको छ भन्ने बारे छलफल भएको हो । जिल्ला समन्वय समिति स्थानीय तहहरु र स्वास्थ्य कार्यालय हालसम्म गरेका र गरिरहेका पहलका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । जिल्लाका मुख्य ४ ओटा नाकाहरुमा हेल्थ डेस्क स्थपना गरिसकेको सदरमुकाम मार्तडीमा प्रेस युनियन बाजुराद्धारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । त्यसै गरि जिल्लाका सबै स्थानीय तहमा हेल्थ डेस्क स्थपना देखी आइसियुलेशन र कोरेन्टाइन बनाउने कार्य पनी तिर्ब गतिमा संचालन भइरहेको पन्थले जानकारी दिएका छन् ।
जिल्लाको सबै भन्दा बढि जनसख्या रहेको सदरमुकाममा जिल्ला समन्वय समिति बाजुरा, बडिमालिका नगरपालिका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुराको पहलमा २० ब्याड सहितको आइसीयुलेशन रोम बनाउने तायारी भएको र १० गते देखी सो काम २ दिनमा सकिने बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् । जिल्ला अस्पतालको भवन निर्माण भईरहेकोले कारोना भाइरस (कोभिड १९) का कुनै बिरामीहरु राख्नका लागि आइसियुलेशन रोमको रुपमा जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हललाई प्रयोगमा ल्याने र सो को जिम्मा जिसस बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायालाई नै दिएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।
नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको आयोजनामा विश्व व्यापीरुपामा फैलिदै आएको कारोना भाइरस (कोभिड १९) बाट बच्न र बचाउनका लागि बाजुरा जिल्लामा भइरहेको प्रयासका बारेमा जिल्लाका बिषेश सरकारवाला व्यक्तित्व बाजुरा जिल्लाका जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको प्रमुख आथित्यमा, बडिमालिका नगर प्रमुख र जिल्ला स्वास्थ्य कार्यलयका प्रमुखसँग छलफल गरी पत्रकार सम्मेलन गरेको थियो । सो सम्मलेनको नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन गरिएको पत्रकार सम्लेलनको संचालन प्रेस युनियन बाजुरा सचिव प्रशान्तराज जोशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार