बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • संचारकर्मी गिरीको पियारी सुवाको बोली गित बजारमा

संचारकर्मी गिरीको पियारी सुवाको बोली गित बजारमा

  • मङ्लबार, चैत्र ४, २०७६
संचारकर्मी गिरीको पियारी सुवाको बोली गित बजारमा

पदमबहादुर सिंह / बाजुरा ४ चैत्र – संचारकर्मी सर्पलाल गिरी सागरले पियारी सुवाको बोली देउडा गित बजारमा ल्याएका छन् । आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको देउडा गित बिशेष डिजिटल रेकडिङ स्टुडियो मार्फत गएको आईतबार बजारमा ल्याएको गिरीले जानकारी दिएका छन् ।
सानै देखी कला र सस्कृति जगेर्ना र देउडा गितमा झुकाब राख्ने गिरीले सुदुरपश्चिमका चर्चित देउडा गाएक लालबहादुर थापा, प्रकाश थापा, भूवनप्रशाद दाहाल, शोभा थापा,टेक कुन्जेडा लगाएत कलाकारहरुका दर्जन बढी गितहरुमा अभिनय गरीसकेका छन् । गितमा शोभा थापाले स्वरमा साथ दिएकी छन् भने भीम थापाको निर्देशन डिबि रौलेको छायाङकन र झरना बोहोराले अभिनयमा साथ दिएका छन् ।
सुदुर तथा मध्यपश्चिमको मुख्य कला र सस्कृति रहेको देउडा गितलाई जगेर्ना गर्न देउडा गित बजारमा ल्याएको गिरीले बताए । बिगत १२ बर्ष महिला तथा बालबालिका कार्यालयमा बाल अधिकार अधिकृत्तको रुपमा सरकारी सेवा गरेका गिरीले नेपाल पत्रकार महासघ बाजुराको सस्थापक सदस्य हुदै सचिबको जिम्मेवारी समालिसकेका गिरीले देशका बिभिन्न मिडीयामा डेढ दशक काम गरेको अनुभब रहेको छ । हाल गिरी बाजुरा जिल्लाको पूर्बी उत्तर क्षेत्रको कोल्टिमा संचालित सामुदायिक रेडियो बुढीनन्दा अध्यक्ष छन् । कला सस्कृतिको क्षेत्रमा सर्जकका रुपमा सांगितिक क्षेत्रमा आफ्नो नाममा यो गितले ईट्टा थप्ने काम गरेको गिरीले बताए ।
पत्रकारीता कलाकारीता साहित्यकार र सर्जकका रुपमा आफूलाई परिचित गराउने सर्पलाल बाजुराका बहुमुखी प्रतिभाका रुपमा चिनिन्छन्  । गिरी साहित्य तथा भाषा लेखनमा समेत अब्बल रहेका छन नेपाली भाषाको जननी भाषा खस भाषालाई संरक्षण गर्ने उद्देश्यले खस भाषाका झर्रा शब्द नामक पुस्तक समेत प्रकाशन गरी सकेका छन् । पत्रकारीताको क्षेत्रमा बाजुरा जिल्लाबाट पहिलो साप्ताहिक पत्रिका बाजुरा आवाज नामक पत्रिका प्रकाशन तथा सम्पादन पनि गरेका छन् । गिरीलाई चिने जान्ने र संगत गरेका साथीहरु सर्वगुण सम्पन्न बहुप्रतिभा शाली ब्यक्ति मान्छन् । स्वभाव र सम्बन्धमा सहज र मिजाशिला गिरी साथी र समाजमा हाशो ठट जोक्स गरेर रमाईलो गर्नेमा माहिर मानिन्छन् ।
शिक्षाको क्षेत्रमा समाजशास्त्र बिषयमा स्नातकोत्तर गरेका गिरी स्पष्ट बक्ता समाज बिकासमा चिन्तिक र नागरिक अगुवाको रुपमा आफूलाई स्थापित गरिसकेका छन् । बाजुरा जिल्लाको बौद्धिक ब्यक्तिको रुपमा चिनिने गिरीको पहिलो कोशेली देउडा गित पियारी सुवाको बोलीले देउडा क्षेत्रको शिर अझै उचो रहोस शुभकामना ।

भिडियाे हेर्न तलाकाे लि‌ङ्क किलीक गर्नुहोस्

चर्चामा

सम्बन्धित समाचार