शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • नेपाल-भारत मैत्री बस सेवा बन्द

नेपाल-भारत मैत्री बस सेवा बन्द

  • आइतवार, चैत्र २, २०७६
नेपाल-भारत मैत्री बस सेवा बन्द

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आइतबारदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ’, उनले भने । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए ।

महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार