मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • तनुश्री दत्तामाथि मुद्दा

तनुश्री दत्तामाथि मुद्दा

  • आइतवार, चैत्र २, २०७६
तनुश्री दत्तामाथि मुद्दा

मुम्बई : बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ।

यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ। यसअघि तनु श्रीले नाना पाटेकरको संस्थामाथि पनि विभिन्न आरोप थोपरेकी थिइन्।

समाचारअनुसार उच्च अदालतमा दायर भएको आवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले सन् २०१५ मा सुरु भएको ‘नाम फाउन्डेसन’ले सिँचाइको अभाव भएका कृषकहरूको अवस्था सुधार्न काम गरिरहेको थियो। तनु श्रीले सन् २०२० जनवरीमा एक पत्रकार सम्मेलनमार्फत सो संस्थामाथि पनि आरोप लगाएकाले संस्थाको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन्।

स्मरण रहोस्, तनु श्रीले सन् २०१८ को अक्टोबरमा ‘हर्न ओके प्लिज’को फिल्म सुटिङका दौरान नानामाथि गलत आशयले छोएको र यौनहिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन्। नानाले उक्त आरोपको खण्डन गर्दै आएका छन्। नानाविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि हालै प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार