शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता कोल्टीमा सम्पन्न

विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता कोल्टीमा सम्पन्न

  • शनिबार, फाल्गुन २४, २०७६
विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता कोल्टीमा सम्पन्न

जीवन कैला– बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा छाउपढि प्रथा सम्वन्धि माद्यामिक विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । सुदुरपश्चि प्रदेशमा ब्याप्त रहेको छाउपढि प्रथाले स्थानिय महिलाहरुलाई पारेको असरलाई कथा वस्तुमा यतार्थ प्रस्तुत गर्ने उद्देश्यले सञ्चालन गरीएको कथा वाचन प्रतियोगिता जनप्रकाश माद्यामिक विद्यालय कोल्टीमा सम्पन्न भएको हो । पीसविन बाजुराको अयोजना र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित प्रतियोगितामा निर्वाचन क्षेत्र नं कका तिनवटा स्थानिय पालिका अन्र्तगतका १२ वटा माद्यामिक विद्यालयका विद्यार्थिको सहभागिता रहेको थियो । प्रतियोगितामा जगन्नाथ गाँउपालिका, हिमाली गाँउपालिका र बुढीनन्दा नगरपालिका अन्र्तगतका माद्यामिक विद्यालयमा अध्ययनरत ३४ जना छात्रा र छात्रहरुले सहभागिता रहेको आयोजकले जनाएको छ । गाँउघरमा घटेका छाउपढिका घटनाहरुको चित्रण र देखे सुनेको छाउपढि प्रथालाई कथामा आधारीत बनाई प्रस्तुत गरीएको प्रतिस्प्रधात्मक प्रतियोगितामा हिमाली गाँउपालिका वडा नं ६मा रहेको भावानि आधारभुत विद्यालयमा अध्ययनरत छात्र सुशिल पाण्डे प्रथम हुनुभएको छ भने सोहि विद्यालयकि छात्रा कविता पाण्डे तृतिय हुनुभएको छ । त्यस्तै कैलाश माद्यामिक विद्यालयमा अध्ययनरत छात्रा निरुता शाही द्धितिय हुनुभएको छ भने सुजन ईङ्गलिस मिडियम बोर्डिङ स्कुलका छात्र देवेश रेग्मीले सान्त्वना स्थान हासिल गर्नुभएको एल आर सि परीयोजना कार्यक्रम संयोजक पदम कठायतले बताउनुभयो । जनप्रकाश माद्यामिक विद्यालयका शिक्षक लोकराज रेग्मी, एल आर पि कार्यक्रम संयोजक पदम कठायत, रेडियो बुढीनन्दाका समाचार प्रमुख जीवन कैला प्रतियोगिताको निर्णायक मण्डलमा रहनुभएको थियो । प्रतियोगितामा विद्यार्थिहरुले प्रस्तुत गरेका कथा वाचन बाट प्राप्त भएकोे अङ्गकको आधारमा निर्णायक मण्डलका सदश्यहरुले विजेता छनोट गर्नुभएको हो । जनप्रकाश माद्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक धिरबहादुर दानिको अध्यक्षतामा सञ्चालन गरीएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिका वडा नं दुईका अध्यक्ष भिमबहादुर कार्की रहनुभएको थियो । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला अध्यक्ष जयलाल कार्की विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्रतियोगिताका विजेता विद्यार्थिहरुलाई प्रमाण पत्र र नगद पुरस्कार वितरण गरीएको छ । बाल प्रायोजन संयोजक राजेन्द्र नाथ योगिले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, पत्रकार, पीसविन कर्मचारी लयायत दुई सय बढिको उपस्थिति रहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार