बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • संचारकर्मी नरेन्द्र रावलकाे ”सुनको महल”सार्वजनिक

संचारकर्मी नरेन्द्र रावलकाे ”सुनको महल”सार्वजनिक

  • बिहिबार, फाल्गुन २२, २०७६
संचारकर्मी नरेन्द्र रावलकाे ”सुनको महल”सार्वजनिक

काठमाडौं – नेपाली बजारमा विभिन्न गितहरु सार्वजनिक भएसंगै त्रिनेत्र मल्टिमिडिया अछामको प्रस्तुति बिगत लामो समय देखि नेपालि गीतसंगीत तथा डेउडा क्षेत्रमा निरन्तर यात्रा गरिरहेका लाेक डेउडागायक,सर्जक तथा संचारकर्मी नरेन्द्र रावलकाे नयाँ गीत”चाईदैन सुनको महल”सार्वजनिक भएको छ ।
नरेन्द्र रालकाे शब्द र नरेन्द्र रावल,डम्मर रोकायाको संगीतमा नरेन्द्र रावल र लोकप्रिय गायिका टिका पुनको आवाजमा रहेको छ । गितमा माया प्रेमकाे भाबसंगै कृष्ण क्षेत्रको बारेमा चर्चा गरिएको छ । विदेश जानु भन्दा पनि नेपालमै बसेरै केहि गर्नु पर्छ भनेर चेतनामुलक गित सार्वजनिक गरेका छन् ।

राम नेपालीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक स्वयम नरेन्द्र रावल र गायत्री भण्डारीको अभिनय रहेको छ । अनुप बिकले छायाकन गरेको म्युजिक भिडियोलाई अमित बिकले सम्पादन गरेका हुन् । श्रीराम फिल्मसमा दृष्य निर्माण भएको यो म्युजिक भिडियो गायक आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ।

चर्चामा

सम्बन्धित समाचार