बुधबार, चैत्र २६, २०७६
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम छोडेर गाउँ गएकाहरु फर्कीदै 

सदरमुकाम छोडेर गाउँ गएकाहरु फर्कीदै 

  • मंगलबार, फाल्गुन २०, २०७६
सदरमुकाम छोडेर गाउँ गएकाहरु फर्कीदै 

बाजुरा २० फागुन — नेपालको संबिधान घोषणा संगै संघियता स्थापना पछि देश ब्यापीरुपमा भवन बनाउँने लहर चलेको छ । स्थानिय तह, प्रदेश सरकरा र संघिय सरकाले भवन निर्माणको काममा तिब्रता दिएको देखीन्छ । पछिल्लो समय बाजुरा जिल्लाका नौ वटा स्थानिय तह र जिल्ला सदरमुकामा सरकारी भवन बनाउँने क्रम तिब्र गतिमा चलेको देखीन्छ । सदरमुकामा रहेका कार्यालयको काम गाउँ गाउँमा हुँने भने पछि सदरमुकाम छोडेका हरु अहिले सदरमुकाम केन्द्रीत हुन थालेका छन् । स्थानिय तहमा वडा कार्यालय र गाउँपालिका र नगरपालिकाका कार्यालय बनाउँनमा बजेट खर्चि रहेका छन भने प्रदेश र केन्द्रीय सरकाले जिल्लामा भवन निर्माण गरी रहेको छ ।
यस बर्ष मात्र सदरमुकामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बन डिभिजन कार्यालय, कृर्षि ज्ञान केन्द्र, भेटेनरी बिज्ञ केन्द्र, जिल्ला अस्पताल, सरकरी वकीलको कार्यालय, खेलकुद कबढल लगाएतका कार्यालयका अत्याधुनिक भवन निर्माणको काम तिब्र गतिमा केही सम्पन्न तथा केहीको काम भई रहेको छ । भने अन्य कार्यालयहरु समेत केन्द्रीय सरकारलाई भवन निर्माणका लागि अनुरोध गरी रहेका छन्।
सरकारी भवन निर्माण भैरहदा संघियता वरीपरी सदरमुकाम छोडेकाहरु समेत फेरी कर्मीकरुपमा सदरमुकाम आउँन थालेका छन्। पछिल्लो बर्षमा सदरमुकामको आवतजावत फेरी बाख्लीएको देखीनछ । स्थानिय तहमा स्वास्थ्य, शिक्षा, यातायात, संचार, बिद्युत लगाएत पुर्बधारका बिकासका मेरुडण्ड खडा नहुँदा फेरी स्थानियहरु सदरमुकाम केन्द्रीत हुँन थालेका छन्। अर्को तिर सरकरी कार्यालयका संरचना हेर्दा पनि सदरमुकाम मजबुत हुँने देखीए पछि स्थानिय तहका केन्द्रमा गएकाहरु फर्कीन थालेका हुन्।
पछिल्लो समय सदरमुकामा बनेका भवनहरु अपाङ्ग मैत्रि र भुकम्प प्रतिरोधक र महंगो लगानिमा बनेका कारण पनि स्थानियमा सदरमुकामको आशा पलाएको स्थानीय कर्ण बहादुर दानी बताउछन् ।
पछिल्लो समय दरमुकाम छोडेकाहरु सदरमुकाम फर्कीन लागेका छन्। स्कुल पठाउँन, उपचार गर्न र अन्य सेवा सुबिधा सदरमुकामा हुँने हुँदा गाउँ गएकाहरु सदरमुकाम आएका हुन्। गाउँमा केही सुबिधानै छैन त्यसैले गाउँ गएकाहरु सदरमुकाम केन्द्रीत हुन थालेका मार्तडीमा रहेका स्थानीय ब्यापारी रोशन श्रेष्टले बताए ।
संघियता पछि सुुरुको भन्दा मान्छेको चाप सदरमुकाममा निकै बढेको पाइन्छ । ब्यक्तिका घरहरु समेत बन्न लागेका छन्। सरकारी भवन ठुल्ठुला बन्दै छन् । यसले केही आशा पलाएको छ । तर संघियता अगाडीको जति भने ब्यापार बढेको छैन ब्यापारी श्रेष्टको भनाई रहेको छ ।
जिल्ला अस्पताल बाजुराको भवन बनाउँन हामीले जिम्मा लिएका छौं। यो अत्याधोनिक भवन छ। यस अगडीको भन्दा धेरै सुबिधा सम्पन्न भवन बन्दै छ। तर नगरपालिकाले बिच बिचमा बाटो बन्द गरी दिदा निर्माणकार्यका लागि चाहिने सामान ल्याउँन कठीन छ ठेकेदार टेकराज भट्टले बताए
पहिले २०३३ सालमा बनेको भवनमा सेवा दिन कठीन थियो, नयाँ अत्याधोनिक भवन बन्दै छ । यसले गर्दा यहाँका बिरामीलाई सजिलो हुँने देखीएको छ । बाजुराका नौ वटै स्थानिय तहमा स्वास्थ्य संस्था बनिरहेका छन जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्थले बताए । त्यहाँ बाट रीफर भएका बिरामीलाई यहाँ उपचार गर्न सहज हुँने हो। हुम्ला र मुगुका बिरामीलाई समेत यहाँ उपचार गराउँन सजिलो हुने हुदा जनताहरु सदरमुकाम केन्द्रीत भएको पन्थले बताए ।
पछिल्लो समय बाजुराको सदरमुकामा धेरै भवन बन्दै छन् यसले सदरमुकामको मुभिलिटी बढाउँने छ र जनताले सहज रुपमा सेवा सुबिधा लिन समेत सहज हुँने छ । पाँच सात वटा ठुला र अत्याधोनिक भवन बन्दै छन् हाम्रो भवन पनि बनिरहेको ले सदरमुकामका कार्यालयबाट प्रभावकारी सेवा प्रदान गर्न सकिने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।
सरकारले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा लिएको छ । तर गाउँमा दरबार मात्र बन्ने र अन्य सेवा जनताले नपाउँने हुँन भने सदरमुकामा नै फर्कीनु पर्ने बाध्यता हुँन सक्छ ।

चर्चामा

सम्बन्धित समाचार