शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • इन्जिनियरसँग मिलेर घुस खाने कांग्रेस नेता अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियरसँग मिलेर घुस खाने कांग्रेस नेता अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा

  • मङ्लबार, फाल्गुन २०, २०७६
सेयर गर्नुहोस् :
इन्जिनियरसँग मिलेर घुस खाने  कांग्रेस नेता अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तनहुँका कांग्रेस नेतासहित एक इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा तनहुँ भानु नगरपालिका– १३ वडाका वडा सदस्य समेत रहेका कांग्रेस नेता कृष्णबहादुर अधिकारीसहित दुइविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार अधिकारीले नगरपालिकाका इन्जिनियरसँग मिलेर घुस खाएका थिए । उनले विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनमा क्रममा इञ्जिनीयर शुकदेव अधिकारीसँग मिलेर सेवाग्राहीसँग ७५ हजार घुस खाएका थिए । विद्यालयको विकासमा सहयोग पुर्याउनु पर्ने राजनीतिक व्यक्ति नै इन्जिनियरसँग मिलेर घुस खाँदा अख्तियारको टोलीबाट पक्राउ परेका थिए । अधिकारी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेको तर्फबाट विजयी भएका थिए । उनले विजयी हुने सदस्य मध्ये सबैभन्दा कम अर्थात ८०५ मत प्राप्त गरेका थिए ।

पोखरास्थित क्षेत्रीय कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई माघ २९ गते रंगेहात पक्राउ गरेको थियो । दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो । स्रोतका अनुसार अधिकारीले वडा अध्यक्षको योजनामै विभिन्न कामको भुक्तानीमा रकमको डिल गर्ने गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार