शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • अव बाजुरामा नेपाली सेनाका छोराछोरीले नि:शुल्क पढ्न पाउने

अव बाजुरामा नेपाली सेनाका छोराछोरीले नि:शुल्क पढ्न पाउने

  • शुक्रबार, फाल्गुन १६, २०७६
अव बाजुरामा नेपाली सेनाका छोराछोरीले  नि:शुल्क पढ्न पाउने

बाजुरा १६ फागुन– बाजुरा जिल्लाका भुपु र वर्तमान नेपाली सेनामा कार्यरत रहेका सेनाका छोराछोरीहरुले शैक्षिक शत्र २०७७ बाट बाजुरामै निशुल्क पढ्न पाउने भएका छन् ।

नेपाली सेनाले आफ्ना सैनिक परिवारका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा पाउन भन्ने उद्देश्यले शैक्षिक सत्र ०७७ बाट लागु हुने गरि बाजुरा जिल्लामा पनि सेनाका सन्तानहरुलाई पढ्ने व्यवस्था मिलाएको नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोष अन्तरगत बाजुरामा पनि नेपाली सेनाका छोरा छोरीहरुले सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमी र कन्वर्ष एकेडेमीमा शैक्षिक शत्रबाट पढ्न पाउने भएका हुन् ।

नेपाली सेनाले देशभरी सैनिक विद्यालय संचालन गर्ने योजना बनाएको छ । तर बाजुरामा सैनिक विद्यालयको स्थापना नभएकाले तत्कालका लागि सदरमुकाम मार्तडीमा रहेका उक्त दुइ विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्नका लागि व्यवस्था मिलाइएको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिए ।

शुक्रबार मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्म थापाथली व्यारेकमा उक्त २ वटा विद्यालय क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मीनबहादुर कार्की र कन्वर्ष एकेडेमीका संचालक दलबहादुर थापासंग पहिलो चरणमा ३ वर्षका लागि सम्झौता गरिएको गुल्मपति श्रेष्ठले बताए ।

बाजुराका भुपु र वर्तमान सेनाका प्रति परिवारको एक बालकलाई उक्त विद्यालयमा पढ्ने व्यवस्था मिलाएको छ । २ वटै विद्यालयमा कक्षा ६ देखि १० सम्म प्रति कक्षामा १० जनासम्मलाई अध्ययन गर्ने व्यवस्था गरिएको छ ।

नेपाली सेनाको सो सुविधा प्राप्त गर्ने बाजुराका भुपु र वर्तमान सेनाका परिवारले आफ्नो बालवालिकाको कापी, कलम र डे«स आफैले व्यवस्थापन गर्नुपर्नेछ भने विद्यालयको भर्ना शुल्क, परिक्षा शुल्क र माशिक शुल्क नेपाली सेनाको कल्याणकारी कोषले व्यवस्थापन गर्ने नेपाली सेनाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार