बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • श्रीमान-श्रीमती मृत फेला

श्रीमान-श्रीमती मृत फेला

  • शुक्रबार, फाल्गुन १६, २०७६
श्रीमान-श्रीमती मृत फेला

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहीबार आफ्नै घरमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रविन्द्र पौड्यालले जानकारी दिए।

उनले भने, ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ, उनीहरुको शरिरमा धारिलो हतियारको घाउ छ।’ भण्डारीले पहिलो श्रीमतीको मृत्युपछि दुई वर्ष अगाडि धनादेवीसँग दोस्रो बिहे गरेका थिए। पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा रहेको प्रहरीले जनाएको छ।

श्रीमान र श्रीमती दुवैको मृत भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका-११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको मृत शव भेटिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागी प्रदेश कार्यालयबाट कुकुरको टोलीसमेत घटनातर्फ ल्याइँदै छ।

चर्चामा

सम्बन्धित समाचार