बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • ‘बुलेट बाइक’ लिएर आए सुनील (भिडियाे सहित)

‘बुलेट बाइक’ लिएर आए सुनील (भिडियाे सहित)

  • बिहिबार, फाल्गुन १५, २०७६
‘बुलेट बाइक’ लिएर आए सुनील (भिडियाे सहित)

‘बुलेट बाइक’ बोलको गीत लिएर भक्तपुरका नवगायक सुनील त्यातले नेपाली सांगीतिक क्षेत्रमा आगमन गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का सुनीललाई गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन्। ‘बुलेट बाइक’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीत सुनील आफैंले लेखेका हुन् भने संगीत पनि उनैको रहेको छ। टंक बुढाथोकीले गीतको एरेन्ज गरेका छन्। ‘बुलेट बाइक’ गीतको भिडियोको निर्देशन एरेन्जर बुढाथोकीले गरेको गायक सुनीलले बताए। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोको सम्पादन नविन निरौलाले गरेका छन् भने कोरियोग्राफी जोसिफ जोएलको रहेको छ। गीतको भिडियोमा नायक सलोन बस्नेत र मोडल बिना राउतको अभिनय रहेको छ।

चर्चामा

सम्बन्धित समाचार