शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले भब्य हुने, कहिले र कहाँ हुँदैछ फिनाले ? जान्नुहोस्

‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले भब्य हुने, कहिले र कहाँ हुँदैछ फिनाले ? जान्नुहोस्

  • बुधबार, फाल्गुन १४, २०७६
‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले भब्य हुने, कहिले र कहाँ हुँदैछ फिनाले ? जान्नुहोस्

काठमाडौं,१४ फागुन — कमेडी रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनाले सोल्टी होटलमा चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन विहीबार र शुक्रबार प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्राण्ड फिनालेको मिति पनि तोकिएको हो ।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुन स्थान पक्का गरिसकेका छन् । कमेडी च्याम्पियनको सफलतापछि निर्माण टिमले ‘च्याम्पियन चटके’ नामक कार्यक्रमको पनि निर्माण गर्ने घोषणा गरेको छ ।
नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । हरेक टेलिभिजनले कुनै न कुनै नाममा रियालिटी शो प्रशारण गरिरहेका छन् । नेपालमा कमेडी शो सुरु भएको भने यो पहिलो पटक हो । गाइजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको यो कार्यक्रमले अहिले निकै लोकपृयता हासिल गरेको छ । थ्री प्रोडक्शनले निर्माण भएको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारीले गरेका हुन् । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा छन् ।

‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाएका थिए । यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागीता जनाएका हुन् ।

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिएका छन् । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ । यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गरिरहेकी छन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।

चर्चामा

सम्बन्धित समाचार