शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ३५ जना बटुकलाई भोजन तथा कपडा सहयोग

३५ जना बटुकलाई भोजन तथा कपडा सहयोग

  • शनिबार, फाल्गुन १०, २०७६
३५ जना बटुकलाई भोजन तथा कपडा सहयोग

बाजुरा १० फागुन — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका स्थित पिलुचौरमा रहेको श्री वैदिक सनातन गुरुकुल बिध्यापिठमा रहेका ३५ जना बटुक (बिद्यार्थी) हरुलाई शिबरात्रीको अवसरमा भोजन तथा कपाडा सहयोग गरिएको छ । वैदिक सनातन गुरुकुल बिध्यापिठ परिवार बाजुरालाई महाशिवरात्रिको अवसरमा बेनी हयोजुले सहयोग गरेको हो । भक्तपुर जिल्ला बस्ने बेनी हयोजुका बुवा गोबिन्द प्रशाद हयोजु र आमा कृष्ण सोभा हयोजुको सहयोगमा सो साम्रगी तथा खाने कुृरा सहयोग गरीएको कोल्टी स्थ्ति नागरिक समाजका अध्यक्ष जनेश भण्डारीले बताएका छन् ।

शिबरात्रीको अबसर पारेर बिद्यलयमै पुगेर ३५ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि भोजन गराएको र लुगा कपडा बितरण गरिएको अध्यक्ष भण्डारीले बताएका छन् । यही शैक्षिक सत्रदेखी जगन्नाथ गाउँपालिकाको पिलुचौरमा बिद्या आश्रम स्थापना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार