बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘कबड्डी’ सिरिजकी रिश्माले गरिन् विवाह

‘कबड्डी’ सिरिजकी रिश्माले गरिन् विवाह

  • शुक्रबार, फाल्गुन ९, २०७६
‘कबड्डी’ सिरिजकी रिश्माले गरिन् विवाह

‘कबड्डी’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री रिश्मा गुरुङ विवाह-वन्धनमा बाँधिएकी छन्।

शुक्रबार उनले पोखरामा प्रेमी सन्दिप गुरुङसँग विवाह गरेकी हुन्। उनको र सन्दिपको दुबै तर्फका परिवारको उपस्थितिमा विवाह भएको हो।

पछिल्लोपटक उनी ‘कबड्डी’ सिनेमाको तेश्रो श्रृंखलामा देखिएकी थिइन। त्यसअघिका दुई श्रृखंलामा उनी मूख्य भूमिकामा थिइन्। ‘कबड्डी’मा काम गरेपछि उनी नेपाली दर्शकमाझ ‘मैंया’बाट चर्चित बन्न पुगेकी थिइन्।

‘कबड्डी’का अलावा उनले ‘झुम्की’ सिनेमामा काम गरेकी छन्। विवाहपछि उनले सिनेमाबाट संन्यास लिने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार