बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव : साढे ३२ लाख रुपैयाँ संकलन

त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव : साढे ३२ लाख रुपैयाँ संकलन

  • सोमवार, फाल्गुन ५, २०७६
त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव : साढे ३२ लाख रुपैयाँ संकलन

गगन अयडी /धनगढी, ५ फागुन

बाजुरामा त्रिवेणी नगरपालिकामा सम्पन्न भएको वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव सम्पन्न भएको छ । धार्मिक महोत्सव साढे ३२ लाख रुपैयाँ संकलन गदैँ सोमबार सम्पन्न भएको हो । धार्मिक महा–महोत्सव समापन नेपाली पुर्व सांसद देवराज जोशीले एक समापन गरेका हुन् । धार्मिक महा–महोत्सवमा संकलन भएको रकम त्रिवेणी नगरपालिका–४ मा रहेको तोली स्वास्थ्य चौकीको स्तरोन्नतिमा प्रयोग गरिने छ ।

धार्मिक महोत्सव समापन गदैँ पुर्व साँसद जोशीले स्वास्थ्य संस्थाको स्तरोन्नतिका यज्ञ आयोजना गर्ने व्यक्तिको प्रसंसा गरे । ‘तोली स्वास्थ्य चौकीको स्तरोन्नति गर्न आवश्यक देखिएको छ’ उनले भने । ‘स्थानीयको सक्रियतामा नै ठूलो रकम संकलन भएको छ । यसको सहि सदुपयोग गर्नुस् ।’ तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी कुनै क्षेत्र बाट पनि सहयोग नभएकोले धार्मिक महा—महोत्सवको आयोजना गर्नुपरेको महोत्सव समितिका कोषाअध्यक्ष भिम साउंदले बताए । ‘३२ लाख ५० हजार संलन भएको छ’ उनले भने । ‘यसले स्वास्थ्य चौकीमा थोरै भए पनि स्तरोन्नति हुने छ ।’ उनले सहयोग गर्ने दाताहरुलाई धन्यावाद समेत व्यक्त गरे । तोली स्वास्थ्य चौकीका ईन्चार्ज तथा धार्मिक महा—महोत्सवको आयोजनाका संयोजक बिरबहादुर अयडीले रकम बुझ्दै स्वास्थ्य चौकीको स्तरोन्नति हुने बताए ।

यो रकमले तोली स्वास्थ्य चौकी १५ सैयाका अस्पताल निमार्ण गरीने उनले बताए । ‘अव स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिद हुने छ । अत्याधुनिक प्रयोगशाला निर्माण हुने छ । एक्सरे मेसिन खरिद हुने छ ।’ ईन्चार्ज अयडीले भने । स्वास्थ्य चौकी स्तरोन्नति भएमा स्थानीयलाई राहत हुने उनले बताए । सामान्ने उपचारको लागी पनि वाहिर जिल्लामा जानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । धार्मिक महोत्सवमा प्रमुख वाचक अन्र्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण गरेका थिए । यस्तै डाक्टर योगी निर्विशेषानन्द, संगिताचार्य शिशिर साधक र भारत दक्ष मन्दिरका पुजारी आचार्य, तुलाराम दहाल रहेका थिए । त्रिवेणी नगरपालिकाका वडा नम्बर ३,४ र ५ को संयुक्त योजनामा महा—महोत्सव भएको हो ।

चर्चामा

सम्बन्धित समाचार