बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • त्रिवेणी नगरपालिकामा छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम सुरु

त्रिवेणी नगरपालिकामा छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम सुरु

  • बिहिबार, फाल्गुन १, २०७६
त्रिवेणी नगरपालिकामा छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम सुरु

 गगन अयडी/धनगढी १ फाल्गुन — ब्याप्त छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम बाजुराको त्रिवेणी नगरपालिकाकामा सुरु भएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय महिला तथा बालवालिका विभागको आयोजनामा सुरुभएको छ । स्थानीय तहका जनपतीनिधी लगायत सरोकारवालाहरू विच अन्तरक्रिया कार्यक्रम गरीएको हो । नगरपालिकाका जनप्रतिनिधी , प्रहरी , धामि झाक्रि ,विद्यालयकी शिक्षीका ,स्वास्थ्यकर्मी लगाएत सरोकारवालाको उपस्थिती रहेको नि .प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सांउदले बताए । विहिवार देखि सुरु भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकामा कसरी छाउपडि कु प्रथा अन्त्य गर्ने भन्ने मुल विषयमा थानीय तहका जनपतीनिधी लगायत सरोकारवालाहरू विच अन्तरक्रिया कार्यक्रम गरीएको नि .प्रमुख प्रशासकिय अधिकृत सांउदले बताए । त्रिवेणी नगरपालिकामाका सम्पुण सरोकारवाला र जनप्रतिनिधिले सेनेटरी प्याड बोकेर आफै गाँउ गएर जनचेतना फैलाउन आवश्यक रहेको त्रिवेणी नगरपालिकाकी उप प्रमुख राधिका देवि सुनारले वताईन् । उनले भन्नुभयो गाँउ. गाँउमा नजाला सम्म नगरपालिकामा छाउपडि कु प्रथा अन्त्य नहुन सक्कने र फेरी उही पुरानो चलन नै रहिरहने वताईन् । ब्याप्त छाउपडी कुपर्था हटाउन यतिवेला त्रिवेणी नगरपालिका पनि सचेतना अभियानलाई निरन्त्रता दिईरहने उप प्रमुख सुनारले वताईन् । पहिले गाउँगाउँमा गएर छाउपडी कुपर्था विरुद्ध सामाजिक जनचेतना जगाउने , सरसफाई र सेनेटरी प्याड लगायतका सामाग्री पनि वितरण गर्ने । महिनावरी भएका बस्ने महिलाको बासस्थान पनि अवलोकन गर्ने । असुरक्षित देखिए तत्काल छाउगोठ भत्काउन निर्देशन दिने लगाएतका कामलाई अगाडी बढाउने उप प्रमुख सुनारले वताईन् । फाल्गुन १ र २ गते सम्म चल्ने अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका नौ वटा अध्यक्ष लगाएत जनप्रतिनिधि , प्रहरी , धामि झाक्रि ,विद्यालयकी शिक्षीका ,स्वास्थ्यकर्मी लगाएत सरोकारवाला गरी ४० जनाको सहभागीता रहेको त्रिवेणी नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश पन्तले बताए । अन्तरक्रिया कार्यक्रमलाई सहज पार्नलाई जिल्ल प्रहरी कार्यलयका प्रहरी निरेक्षक र नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय महिला तथा बालवालिका विभाग बता ४ जनाको टोलि आएको त्रिवेणी नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार